पर्वतका ५ जनामा कोरोना संक्रमण

644
views

पर्वत, २०, जेष्ठ । पर्वतमा पनि ५ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । भारतबाट आइ क्वारेन्टाइनमा बसेका ५ जनामा संक्रमण पुष्टि भएको पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिए ।

थ्रोड स्वाब संकलन गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका प्रयोशालामा परिक्षण गरिएकोमा पर्वत जिल्लाका ५ जनामा कोरोना भाइरसको पोजेटिभ देखिएको हो ।

पछिल्लो पल्ट ३९ जनाको स्वाब परिक्षण गरिएकोमा ५ जनामा पोजेटिभ देखिएको हो । उनीहरु १९ देखि ४० बर्ष उमेर समुहका छन् ।