धान जोनले मनायो धान दिवस

902
views

महेन्द्र जिसी
पर्वत, १५, असार । असारे १५ को रोपाइँ मेला आयोजना गर्दा कोभिड–१९ संक्रमणको जोखिमका कारण यस वर्षको धान दिवसमा रोपाइँ मेला पर्वतमा औपचारीकतामा पुरा गरिएको छ ।

कुश्मा नगरपालिका र धान जोन पर्वतको सह–आयोजनामा कुश्मा–९ मा धान दिवस मनाईएको हो । कुश्मा र मोदी गाउँपालिकाका विभिन्न क्षेत्र समेटिएर गठन भएको धान जोन पर्वतले कोभिड १९ को संत्रासका कारण धेरैको सहभागिता गराउन नसकीएको जनाउँदै धान जोन रहेका कारण औपचारीकता पुरा गरेको जनाएको छ ।

झण्डै ७ सय हेक्टर क्षेत्रफलनमा ६७ कृषक समुहसँग सहकार्य गरेर कार्यक्रम आयोजना गरीरहेको कार्यलयले अहिलेसम्म २५ प्रतिशत रोपाई सकीएको अनुमान गरेको छ । समय मै वर्षा परेका कारण अहिले रोपाई चाँडो भएको धान जोन प्रमुख धन बहादुर थापा मगरले समयमा वर्षा परको र कोरोना संत्रासका कारण चैत्रको पहिलो साता देखि नै देशमा लक डाउन जारी भएका कारण गाउँमा मानिसहरुको भित्रिएपछि समयमा धानको बीऊ राखिंदा रोपाई समय मै भईरहको बताए ।

जारी लक डाउन र कोरोना संत्रासले युवाहरु गाउँ फर्किएका कारण विगतका वर्षमा बाँझो रहेको जमीन पनि अहिले उपयोग भईरहेको कुश्मा नगरपालिकाले जनाएको छ । वैदेशीक रोजगार गुमाएर नगरमा भित्रीएका युवाहरुलाई लक्षीत गर्दै नगरले पनि कार्यक्रम बनाईरहेका नगर पालिका उप प्रमखु सिता काफ्ले लामिछानेले बताईन् ।

असार १५ मा रोपाईमा सहभागिता हुन पुगेकी काफ्लेले चालु वर्षमा भन्दा आगामी वर्षको लागि कुश्मा नगरपालिकाले कृषिमा बजेट बढाएको बताईन् ।

रोपाई अवसरमा कुश्मा नगर पालिकाका जन प्रतिनिधि , स्थानीय तथा धान जोन र मकै जोनका कर्मचारीहरुको सहभागिता रहको थियो । यस वर्षमा समयमै वर्षा परेकार र समय मै वीउ राम्रो भएका कारण उत्पादन बढ्ने पुर्वानुमान गरीएको छ ।