चुनाव सार्ने सरकारको प्रस्ताव आयोगद्वारा अस्वीकार

582
views

काठमाण्डौं, १, असार । तराईका केही जिल्लामा तेस्रो चरणमा चुनाव गर्ने सरकारको प्रस्ताव निर्वाचन अयोगले अस्वीकार गरेको छ । राष्ट्रिय जनता पार्टी (राजपा) असार १४ गतेको निर्वाचन बोथोल्नेगरी आन्दोलनमा गएपछि सरकारले दुई नम्बर प्रदेशसहित तराईका केही जिल्लामा चुनाव सार्ने प्रस्ताव निर्वाचन आयोगसमक्ष गरेको थियो । बिहीबार बिहान निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्दै चुनाव सार्ने प्रस्ताव गरेको थियो ।
निर्वाचन आयोगले असार १४ गतेको सम्पूर्ण तयारी पूरा भइसकेको र अब निर्वाचन सार्दा थप अन्यौलता बढ्ने भन्दै सरकारको प्रस्ताव अस्वीकार गरेको हो । निर्वाचन आयुक्त नरेन्द्र दाहालले आयोग चुनाव सार्ने पक्षमा नरहेको बताउनुभयो । ‘हामी चुनाव सार्ने पक्षमा छैनौं, सरकारसँग पनि आग्रह गरिसकेका छौं, तोकिएको समयमै चुनाव हुनुपर्छ’ उहाँले भन्नुभयो ।