निजामती सेवा विधेयक पारित

679
views

काठमाडौँ, १६, असार । करिब डेढ वर्षपछि संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक पारित भएको छ । उक्त विध्धेयक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको छ । विभागीय मन्त्रीको असन्तुष्टिबीच विधेयक बहुमतबाट पारित भएको हो ।

विधेयकका केही प्रावधानमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले असहमति जनाउनुभएको छ । यस्तै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केही सांसदहरूको पनि केही प्रावधानमा असहमति छ । सत्तारुढ दलकै सांसदको असहमतिबीच विधेयक समितिबाट पारित भएको हो ।

संघीय निजामती सेवा गठनसम्बन्धी विधेयक पारित नहुँदा प्रदेश निजामती सेवा गठन हुनबाट रोकिएको छ ।

सभापति शशी श्रेष्ठले विधेयक निर्णयार्थ पेस गर्दा पूर्वमाओवादी निकट सदस्यहरूले साथ दिएका छन् । पूर्वएमाले निकट सदस्यहरूले भने केही विषयमा असन्तुष्टि जनाउँदै पारित प्रक्रियामा समेत प्रश्न उठाएका छन् । तर असन्तुष्टिका बीच बहुमतीय प्रक्रियाबाट विधेयक पारित भएको हो ।