लाखौं रुपैयाँको कच्चा पदार्थ नष्ट, मर्कामा उद्योगी

1099
views

पर्वत, १६ असार । कोरोना भाइरस (कोभिड–१९) को प्रभावका कारण साना व्यावसायि चर्को मारमा परेका छन् । पर्वतका सानो लगानीमा सञ्चालित उद्योगीहरु लकडाउनका कारण व्यवसाय ठप्प भएको बताउँछन् । व्यवसायिले उद्योगमा ल्याइएका लाखौंका कच्चा पदार्थहरु नष्ट भएको बताए ।

पर्वतको कुश्मा नगरपालिकामा सञ्चालित पर्वत चाउमिन उद्योगका सञ्चालक सन्दिप पाठकले आफ्नो उद्योगमा ल्याइएको १० लाख भन्दा बढीको कच्चा पदार्थ नष्ट भएको बताए ।

कोरोना संक्रमण तथा लकडाउनका कारण बजार, होटल, तथा रेष्टुरेण्ट सञ्चालनमा नआएपछि चाउमिन उद्योगका सामानहरु नष्ट भएका हुन ।

उद्योगका म्यानेजर पाठकले लकडाउनका कारण देशैभरका उद्योगहरुले क्षति व्यहोर्नुपरेको गुनासो पोख्दै भने ‘लकडाउनका कारण साना तथा ठूला सबै व्यावसायिहरुले क्षति व्योहोरेका छन, सरकारकारले सही पोलिसी ल्याउन नसकेकै कारण देशको अर्थनतन्त्रमा समेत नोक्सानी पुगेको छ ।’

उद्योग कलकारखानाका काम ठप्प हुँदा भाडा कसरी तिर्ने, उद्योगले व्योहोरेको क्षति कसरी उपर गर्ने, कर्मचारीलाई न्यूनतम पारिश्रमिक कसरी उपलब्ध गराउने, बैंक किस्ता कसरी बुझाउने ? मुख्य चुनौति खडा भएको छ ।

कोरोना भाइरसका कारण भएको लकडाउनले उद्योग व्यावसायिहरु चार महिनादेखी मारमा परेका छन्, पर्वत उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष केदानाथ शर्माले भने ‘विशेष त साना उद्योगीहरुलाई पून स्थापित गर्न, उद्योगमा कार्यरत मजदुरलाई पारिश्रमिक उपलव्ध गराउनसक्ने व्यवस्थाका लागि स्थानीय, प्रदेश तथा संघ सरकारसँग हदैसम्मको सहयोग गर्नुपर्ने माग गरिएको छ ।’