नयाँ ३१६ जनामा कोरोना पुष्टि : १३ हजार पाँच सय नाघ्यो

508
views

काठमाडौं, १६ असार । नेपालमा आज थप ३१६ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १३ हजार पाँच सय ६४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना जित्नेको संख्या ३१ सय ९४ पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या भने २९ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार मंगलबार ७१ महिला र २४५ पुरुष गरेर ३१६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये पुरुष ११ हजार ९ सय र महिला १ हजार ६ सय ५७ जना गरेर कुल १३ हजार पाँच सय ६४ जना रहेका छन् ।