बालयौन दुरुपयोग गर्ने एकजना पक्राउ

699
views

पर्वत, २, साउन । पर्वतको विहादी गाउँपालिका–१ का गोपाल बहादुर क्षेत्रीलाई बाल यौन दुरुपयोगको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

विहादी गाउपालिका वडा नं. १ बस्ने बर्ष ३८ का उनले १५ बर्षिय बालिकालाई करणी गर्ने आशयले अस्वभाविक तवरले निजको गाला सुमसुमाई बालयौन दुरुपयोग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

क्षेत्रीलाई ईलाका प्रहरी कार्यालय हुवास पर्वतबाट प्रहरी निरीक्षकको कमाण्डमा गएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

बालिकाकी आमाले जाहेरी दरखास्त पेश गरेपछि प्रहरीले रितपूर्वक पक्राउनन गरेको थियो ।
क्षेत्रीलाई करणी सम्बन्धी कसुर अन्तर्गत बालयौन दुरुपयोग मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी पहिलो पटक सात दिनको म्याद थप गरी थप अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकृत प्रहरी निरक्षक मनिष श्रेष्ठले जानकारी दिएका छन् ।