दुबै मिर्गौलापीडित पुर्णिमा अस्पतालको बेडमा, सहयोगको अपिल

761
views

जितेन्द्र थापा
सुर्खेत, ५, साउन । दैलेखको गुराँस गाउँपालिका वडा नं ७ ओर्खेनिकि पुर्णिमा बुढामगर उमेरले २० वर्षिकि भइन् यो कलिलै उमेरमै उनको दुबै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएको छ । २० वर्षिय बुढामगरको मिर्गौलाको उपचारमा समस्या भएपछि उनका बाबु दलसिंह बुढामगरले सबैसँग सहयोगको अपिल गरेका छन् ।

पुर्णिमाका बुबाका अनुसार छ लाख रुपैयाँ खर्च भइसकेको र घरको आर्थिक अबस्था निकै कमजोर छ । कहिले भारतमा मजदुरी र कहिले घरगाउँमै कमाई गरेर घर सञ्चालन गर्ने यो परिवारलाई अहिले कोरोना संकटले हातमुख जोर्न समेत धौ धौ बनाइरहेका बेला छोरीको दुवै मिर्गौला प्रतयारोपण गर्नुपर्ने समस्या आई लागेको छ ।

पुर्णिमालाई अस्पतालले दुईवटै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने सुभाव दिएपछि उनका बाबुले आर्थिक सहयोगको अपिल गरेका हुन् ।

पुर्णिमाका बाबुका अनुसार गत फागुनदेखि आँखामा समस्याआएदेखि कोहलपुरको भेरि अस्पतालमा भर्ना गराइएको थियो । त्यहाँउपचार गर्दा आँखाको अप्रेसन गर्नुपर्ने बताएकोले काठमाडौँको फल्टेग्रा अस्पतालमा भर्ना गर्दा डाक्टरले उनको आखाँमात्र नभइ अन्य कारणले आखाँ बन्द भएको बताएपछि उनी छोरिलाई लिएर काठमाडौँको शिक्षण असपताल लगेका थिए ।

शिक्षण अस्पतालले दुबै मिर्गौलाले काम नगर्ने र मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताएपछि उनको परिवारम एकाएक तनाव सिर्जना भएको थियो ।

आर्थिक अभावले समयमै उपचार हुन सकेको छैन् । त्यस्तैमा कोरोनाले गर्दा लकडाउनमा परेपछि उनलाई थप समस्या भएको छ ।

काठमाडौंमा उपचार गर्न कठिन भएपछि कर्णालीप्रदेश अस्पताल कालागाउँ सुर्खेतमा ल्याएको पुर्णिमाका बाबु दलसिंहले बताए ।

उनले भने उनको अहिले पत्येक हप्ताको दुइदिन मृगौला डायलासिस भइरहेको छ जतिसक्दो समयमै मृगौलाको प्रत्यारोपण गर्नुपर्ने बताएका छन् । घरको आर्थिक अबस्थानिकै कमजोर भएको र सात आठ लाख रुपैयाँ उपचारमै खर्च भएकोले थप उपचारका लागि परिवारले सहयोगको अपेक्षा गरेको छ ।