प्रधानमन्त्रीलाई ज्ञापन पत्र

955
views

पोखरा, ३२, साउन । मुलुकका विद्यमान समस्याहरु प्रति सरकारको गम्भिर ध्यानाकर्षण गराउदै नेपाली कांग्रेस (वीपी) ले देशभरिका जिल्ला प्रशासन कार्यालयका प्रमुख मार्फत ज्ञापन पत्र बुझाएको छ ।

राष्ट्रमा कोरोना भाइरसको संक्रमण वृद्धि तथा बाढी र पहिरोको विपत्तिबाट भौतिक तथा मानविय क्षती भइरहेको अवस्थामा सरकार सत्ता लिप्सा तथा पदलोलुपताबाट ग्रसित भएको र भ्रष्ट्रचारमा र्चुलुम्म डुबेको भन्दै पार्टीको जिल्ला कार्यसमिति कास्कीले प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकाल मार्फत प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको सभापति चन्द्र बहादुर रानाभाटले जानकारी दिनुभयो ।

सरकार मुलुकमा उत्पन्न भएको गम्भीर समस्याहरुमा ध्यान नदिई नागरिक प्रति उत्तरदायित्व बहन गर्नुको सट्टा कोरोना महामारीबाट ग्रसित जनतालाई महंगी र कर वृद्धिको भार थोपर्नुमा व्यस्त रहेको सभापति रानाभाटले बताउनुभयो । साथै राष्ट्रिय मुद्दाहरुमा समेत सरकार दिन प्रति दिन गैरजिम्मेवार बन्दै गैरहेको प्रति नेपाली कांग्रेस (वीपी) कास्कीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली कांग्रेस (वीपी) कास्कीका मागहरु निम्नानुसार रहेका छन् ।
(१) भारत तथा अन्य मुलुकबाट आउने नेपालीहरुका निमित्त ७ वटै प्रदेशमा सर्वप्रथम प्रति जग्गाहरुमा अस्थाई रुपमा १०,००० मानिस बस्ने क्वारेन्टिन र आइसोलेसनको व्यवस्थापन गर्नुपर्ने जहाँ महिला र पुरुषका लागि खाने, बस्ने र शौचालय लगायतको छुट्टा छुट्टै व्यवस्था हुनुपर्ने । उनिहरुको पिसिआर परिक्षण लगायतको सम्पुर्ण खर्च सरकारले व्यवस्थापन गर्नुपर्ने ।

(२) कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित व्यक्तिहरुलाई आईसोलेसनमा बस्दा प्रर्याप्त मात्रामा स्वास्थ्य सामाग्रीहरु सहित आवश्यक सरसफाई लगायतका सामाग्रीहरुको समेत उपलब्धता नभएको गुनासो चौतर्फी आईरहेको यस परिस्थितीमा उनिहरुको उपचारका लागि अनिवार्य रुपमा सहज ढंगले डाक्टर, नर्सहरुको व्यबस्था हुनुपर्ने ।

(३) कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण सम्बन्धमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थाकर्मी, सुरक्षा निकाय, संचारकर्मी तथा सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु लगायतका निमित्त स्वास्थ्य सुरक्षाका आवश्यक सामाग्रीहरु (पिपिई युनिफर्म, भाईजर हेलमेट, माक्स, तथा ईन्सुरेन्स) आदिको व्यवस्थापन सरकारले गर्नुपर्ने । साथै सीमा सुरक्षा र सिमा नाकामा थप कडाई गर्नुपर्ने ।

(४) सम्माननीय प्रधामन्त्री ज्युले संसदमा कोरोना भाइरस (कोभिड–१९) को महामारी जस्तो गम्भीर समस्यालाई हल्का टिप्पणी गरि जनतामा रु.८०,००,००,०००।– (अक्षरुपी असि करोड मात्र) को राहात वितरण गरेको प्रचार गरि जनतामा भ्रम सृजना गरेको प्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ । कोरोना भाइरस संक्रमणको व्यवस्थापन तथा सामाग्री खरीदमा २० अर्व रुपैयाँ खर्च भएको भन्ने स्वास्थ्य मन्त्रालयको गैरजिम्मेवार पुर्ण भनाई र भ्रष्टचारीहरुलाई कार्वाही गर्नुको सट्टा स्वयम प्रधानमन्त्री नै उनिहरुको संरक्षक बन्न खोजेको प्रति नेपाली कांग्रेस (वीपी) घोर आपत्ति प्रकट गर्दछ ।

(५) पछिल्लो पटक देखिएको नेपाल भारत बिचको सिमा विवाद (लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत नेपालका अन्य स्थान) का विषयमा कुटनितीक पहल मार्फत अविलम्ब समस्याको समाधान गर्नुपर्ने । नेपाली भुमिमा रहेका भारतिय सेनाहरु हटाई नेपालको भुमि कागजमा मात्र नभई व्यवहारिक रुपमा फिर्ता लिए मात्र सच्चा राष्ट्रवादीको पहिचान हुने भएकाले सरकारको पुर्ण ध्यानाकर्षण होस् ।

(६) राष्ट्रमा आपत–विपत आउदा नेपाल आयल निगम, नेपाल दुरसञ्चार, विद्युत प्राधिकरण जस्ता संस्थाहरुमा नेपाल सरकारले विभिन्न कोष खडा गरी आर्थिक संकलन गर्ने गरेको छ । तर, यस्ता प्रकारका कोषहरु अस्थाई हुनु पर्दछ । यहाँ वर्षौ वर्षदेखी विभिन्न विकास निर्माणको नाममा कोष खडा गरी उपभोक्ताबाट कर असुल्ने गरिएको छ, तर जनताले तिरेको सो कर आज सम्म के कति रकम जम्मा भएको छ ?, सरकारले पारदर्शी रुपमा खर्च विवरण सार्वजनिक गरी त्यस्ता कोषहरु अव उपरान्त खारेज गर्नुपर्ने ।

(७) कोरोना भाइरसको महामारी जस्तो राष्ट्रिय संकटका बेला चारै तहका जनप्रतिनिधिहरुले लिने कुनैपनि प्रकारको सुविधाहरु (सांसद विकास कोष, तलवभत्ता, टेलिफोन, यातायात खर्च लगायत) यथासिघ्र कटौती गरि कोरोना (कोभिड–१९) कोषमा जम्मा गर्न लगाई आम जनताको उपचार खर्चमा लगानी गर्नुपर्ने ।