कोरोना प्रभाव न्युनीकरण गर्न पर्वतमा रक्तदान

357
views

महेन्द्र जिसी
पर्वत, ३२, साउन । विश्वभर फैलिएको कोरोना भाइरस कोभिड–१९ को समयमा देशभर रगतको अभाव भएसँगै पर्वतमा रक्तदान थालिएको छ । रगत अभावलाई मध्यनजर गर्दै अभाव हुन नदिन आईतबार रक्तदान कार्यक्रम थालिएको हो । कार्यक्रममा ८६ जनाले रक्तदान गरेका छन् ।

महामारीको घडिमा रगत अभाव हुन नदिन रक्तदान गरिएको आयोजक लायन्स क्लब अफ कुश्मा बृज सिटिले जनाएको छ । रक्तदान कार्यक्रमको उद्घाटन गर्दै कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशिले ९कोभिड–१९०को महामारीको समयमा मानवीय सेवाका लागि काम गर्ने संस्थाहरुले अझै बढी सक्रियता देखाउन आबश्यक रहेको बताए ।

कोरना संक्रमणको कारण मानिस घरमै रहने तथा चाहिएको बेलामा रक्तदान कार्यक्रम नहुने हुँदा रगत अभावको सम्भावनालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम गरीएको लायन्स क्लब अफ पर्वत बृज सिटिका अध्यक्ष सुर्वण अर्यालले जनाए । कोभिड–१९) को महामारी र कतिपय ठाउँहरुमा रगत अभावको बेला लायन्स क्लब अफ पर्वत बृज सिटिले गरेको रक्तदानले धेरै नै राहत हुने नेपाल रेडक्रस सोसाइटी पर्वतका अध्यक्ष रुद्र रिमालले बताए ।

समयमा गण्डकी प्रदेशको राजधानी लगायतका शहरहरुमा रगतको अभाब हुन थालेसंगै रक्तदान कार्यक्रम आयोजना गरीएको पनि लायन्स क्लब अफ कुश्मा बृज सिटिले जनाएको छ । रक्तदान कार्यक्रममा ८६ पिन्ट रगत संकलन भएको छ । रगत संकलनमा पोखर रक्त सञ्चार केन्द्रको प्रभावित सहयोग रहेको हो ।