कोरोनाबाट सात लाख ७२ हजार बढीको मुत्यु

503
views

काठमाडौं, १, भदौ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड १८ लाख १७ हजार ६ सय ८२ जना पुगेको छ । विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या सात लाख ७२ हजार सात सय ५१ जना पुगेको छ ।

अमेरिकामा एकलाख ७३ हजार एक सय २८ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । त्यस्तै, ब्राजिलमा एक लाख आठ हजार एक सय ७९, भारतमा ५१ हजार ४५ जनाले कोरोनाका कारण गुमाईसकेका छन् ।

सोमबार विहानसम्म नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म १७ हजार तीन सय ३५ जनाले कोरोना जितेका छन भने एक सय चार जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित छ ।