नेकपाभित्रको विवाद मिल्यो

506
views

काठमाडौं, १, भाद्र । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले पार्टी विवाद समाधानका लागि गठित कार्यदललाई अनुमोदन गरेको छ । आज बसेको बैठकले महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदललाई अनुमोदन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी विवाद समाधानको खाका बनाउन गठन गरेको कार्यदलको बारे गम्भीर छलफल गरेको थियो ।

पार्टीभित्र दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको निर्णयले मात्र कार्यदल गठन गरेको भन्दै आलोचना भएपछि सचिवालयबाट निर्णय गराएर अनुमोदन गरेको हो ।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलमा स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जर्नादन शर्मा र पम्फा भुषाल छन् ।