उच्च अदालतका न्यायाधीशमा देखियो कोरोना

542
views

विराटनगर, १०, भदौ । उच्च अदालत विराटनगरका एकजना न्यायाधीशसहित दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षण गरिएको थियो ।

संक्रमित हुनेमा ४८ वर्षीय न्यायाधीश र उनका सवारी चालक रहेको अदालतका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।

स्वाब परीक्षण गराएकामध्ये मंगलबार साँझ दुईजनाको पोजिटिभ र अंगरक्षकको रिपोर्ट भने नेगेटिभ आएको छ । कुनै लक्षण नदेखिएको तथा केही पनि समस्या नरहेका कारण संक्रमण पुष्टि भएका न्यायाधीश अहिले ‘होम आइसोलेसन’मा छन् । सवारी चालकलाई भने उपचारका लागि कोभिड अस्पताल भर्ना गरिएको छ ।