कोरोनाबाट थप दुईजनाको मृत्यु

619
views

काठमाडौं, १७, भदौ १७ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा एक महिला र एक पुरुष रहेका छन् ।

बाराको सिम्रौनगढ नगरपालिकाका कोरोना संक्रमित ९७ वर्षीय पुरुषको वीरगञ्जस्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ भने भैरहवाको भीम अस्पतालमा उपचाररत नवलपरासी रामग्राम नगरपालिका ५ परासीकी ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।

दुबैजनाको मंगलबार राति मृत्यु भएको हो ।