पोखराका सडकका खाल्डा खुल्डी पुर्दै ‘जागौ पोखरा’

559
views

पोखरा, १७, भदौ । पोखरा महानगरपालिका भित्रका प्रत्येक सडकहरुमा खाल्डाखुल्डीका कारण कयौँ सडक दुर्घट्ना हुने गरेका छन् । दिनका दिन चिल्ला गाडी चढेर हिड्ने पोखराका मेयरसँगै जनप्रतिनिधिहरुका आँखा समेत त्यस्ता खाल्डाखुल्डीमा पुग्न सकेका छैनन् ।

जनप्रतिनिधीहरुलाई तलब भत्ता लगायतका विभिन्न सुबिधाको लागि करोडौं रुपैयाँको बजेट हुन्छ तर सडकलाई मर्मत गरि सडक स्तरोन्नती गर्नको लागि पोखराजस्तो सहरमा बजेट अभाव हुने गरेको जागौं पोखराका अभियान्ता चिरन्जिवी अधिकारीले बताउनुभयो ।

जनताको कर नेताको सेवा सुबिधाको लागि मात्र प्रयोग भएको भन्दै कहिले सम्म जनताको कर नेताका चिल्ला गाडी र सेवा सुबिधाको लागि मात्र? भन्दै अधिकारीले आक्रोशका साथ सम्बन्धित निकायलाई प्रश्न गर्नुभयो ।

‘जागौ पोखरा’ अभियान मार्फत पोखराका सडकका खाल्डाखुल्डी पुर्दै अभियान्ता अधिकारीले हातमा बेल्चा लिएर आफुले तिरेको करको सहि सदुपयोग नभएको भन्दै आक्रोश पोख्नुभएको थियो ।

पोखराका तिनै सडकका खाल्डा खुल्डी पुर्ने क्रममा पोखराका विभिन्न स्थानमा समेत जागौ पोखराका अभियान्ता र केहि शुभचिन्तकहरु बेल्चा र गैंची लिएर खाल्डा खुल्डी पुर्दै थिए ।

त्यही मध्यका एक अभियान्ता क्षितिज सापकोटालाई यो त राज्यको काम हो, यो घाममा तपाईहरु किन यसरी खटिनु भएको छ? भनेर प्रश्न गर्दा, “हामीले मत दिएर जिताएका जनप्रतिनिधिहरु १३ करोड कसरी मिलाउने भन्नेर सोच्न मै ब्यस्त भएको हुंदा सडकका खाल्डा खुल्डीमा ध्यान जान नसकेको हुँदा जागौ पोखराको अभियानमा सहभागी भएको बताउनुभयो ।

सोही अवसरमा अभियान्ता दिपक आचार्यले हामीले जनताका सेवक भनेर नोकरको जिम्मेवारी दिएका हाम्रा नोकरहरु छोटे राजा बनेर मालिकहरुको समस्या बिर्सिएको हुँदा मालिकहरु आफै गैची बेल्चा लिएर सडकमा आईसकेका बताउनुभयो ।

उहाँले अब मालिक सडक मा आए ए तिमी नोकरहरु हो अब तिमि पनि सडकमा आउ र आफ्नो जिम्मा निभाउ भनी सडकमा आउन परेको भनाई राख्नुभयो ।

दैनिक सडक दुर्घटना खाल्डा खुल्डीकै कारण हुने हुँदा जागौ पोखराले शिबराज बास्ताकोटी (शिव दाई)लाई संयोजकको जिम्मेवारी दिएको र उक्त कार्यको लागि बाबा फाउन्डेसनका अध्यक्ष दिलिप राज श्रेष्ठलेले गैची बेल्चा उपलब्ध गराउनु भएको जागौ पोखराका सुचना अधिकारी कृष्ण बरालले जानकारी दिनुभयो ।

उहाँका अनुसार मंगलबार पाँचौ दिन खाल्डा खुल्डीपुर्ने काम निरन्तर जारी रहिरहेको बताउनुभयो ।