उपत्यकामा निषेधाज्ञा एक साता थपियो, यी हुन् निषेधित सेवा

518
views

काठमाडौं, १७, भदौ । काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपिएको छ । यसअघि भदौ १० देखि १७ सम्म निषेधाज्ञा गरिएको थियो । उपत्यकामा दैनिक संक्रमणको दर बढिरहेकाले अर्को साता थपिएको र २४ गतेसम्म पु¥याइएको हो ।

यी हुन् निषेधित सेवा
१. औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काम साथै अत्यावश्यक सेवा सञ्चालन गर्न
बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन ।

२. अत्यावश्यक सेवा तथा कामका लागि समेत १२ वर्ष मुनीका बालबालिका, ६० वर्ष माथिका नागरिकहरू एवम् दीर्घ
रोग भएका जुनसुकै उमेरका मानिसहरू घरबाट बाहिर निस्कन ।

३. अत्यावश्यक सामग्री ढुवानीमा प्रयोग भएका सवारी साधन, निर्माण सामग्री बोकेका सवारी साधन, भन्सारबाट जाँचपास गरी आएका सबै प्रकारका मालबाहक सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन भक्तपुर जिल्ला भित्र प्रवेश गर्न । यसरी आउने सवारी साधनमा रहेका ड्राइभर र सहयोगीहरु तोकिएबमोजिम अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्नेछ।

४. जिल्ला भित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न ।
५. कोभिड–१९ को संक्रमणको जोखिम नियन्त्रण, सोको रोकथाम, उपचार तथा व्यवस्थापनसम्बन्धी कार्यमा खटिनु पर्ने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन जानपर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम् कर्मचारी संख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटो सहितको परिचयपत्रको आधारमा सञ्चालन हुने बाहेकका सवारी साधन सञ्चालन गर्न ।

६. सवारी साधन सञ्चालनको लागि पूर्व अनुमति आवश्यक नपर्ने भनी तोकिएका अत्यावश्यकीय वस्तु वा सेवा अन्तरगत पर्ने औषधी, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल दूध, दूग्धजन्य पदार्थ र सोको प्याकेजिङ सामग्री, विद्युत, दूरसंचार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, आइशोलेसन, फोहोरमैला व्यवस्थापन, सरसफाईमा प्रयोग गरिने साबुनरस्यानिटाइजरलगायतका सामग्रीहरु, अस्पताल जानेरआउने बिरामी, दाह संस्कारका लागि अनिवार्यरुपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधनजस्ता अति आवश्यक सेवा बाहेकका सवारी साधन सञ्चालन गर्न ।

७. कुनै पनि मेला, महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरु भेलारजम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न ।

८. परम्परागतरूपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघट गर्न ।

९. शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, टयूशन सेन्टर, भाषा कक्षालगायतका जमघट हुने गतिविधिहरु सञ्चालन गर्न ।

१०. सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, सपिङ्ग मल, डिपार्टमेन्टल स्टोर, मार्ट, मनोरञ्जनस्थल, शैलुन, व्यूटिपार्लर, स्पा, स्वीमिङ्ग पुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि सचालन गर्न ।

११. फुटपाथ वा खुल्ला ठाउँ तथा ठेलागाडा वा साईकलमा सञ्चालन हुने विभिन्न व्यापाररव्यवसाय सञ्चालन एवं कवाडी संकलन गर्न ।

१२. होटेल, रेष्टुरा सञ्चालन गर्न, गराउन ।

सञ्चालन गर्न पाउने सेवाहरु :
१३. अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरु उपर कानूनबमोजिम कारवाही हुनेछ ।

सञ्चालन गर्न पाउने सेवाहरूः
१. अत्यावश्यक वस्तु वा सेवामध्ये औषधी, पानी मात्र बिकी वितरण गर्ने र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसलरव्यवसाय जुनसुकै समयमा पनि निर्वाध रुपमा सञ्चालन सकिने।

२. अत्यावश्यक वस्तु वा सेवामध्ये खाद्य वस्तु, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछार मासु विक्री वितरण गर्ने पसलहरु विहान ११ः०० बजेसम्म खोल्न सकिने ।

३. विकास निर्माणसँग सम्बन्धित पसलरव्यवसाय साथै छोटी ढुवानीका लागि प्रयोग हुने सवारी साधन दिउसो २ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म सञ्चालन गर्न सकिने तर नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड अनिवार्यरुपमा पालना गर्नु पर्नेछ ।

४. पिसिआर नेगेटिभ भएका व्यक्तिहरूबाट टेकअवे सेवा सञ्चालन गर्न, सरकारले तोकेको मापदण्ड अनिवार्यरुपमा पालना गरी अनलाइन सेवा सञ्चालन गर्न ।

५. अत्यावश्यक उपभोग्य बस्तुको होम डेलिभरी सेवाको हकमा डेलिभरी गर्ने व्यक्तिको पिसिआर नेगेटिभ हुनु पर्नेछ । होम डेलिभरी सेवाको क्रममा भेटेका व्यक्तिहरूको अभिलेख राख्ने र अनलाईन भुक्तानी गर्ने गरी होम डेलिभरी सेवा सञ्चालन गर्न सकिनेछ । सो सेवाको मापदण्ड जारी भएपछि मात्र सेवा सञ्चालन गर्न पाइनेछ ।

६. कामदार र कर्मचारीहरूलाई आयोजनास्थलमै क्वारेन्टिनमा रहने गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना सम्बन्धी निर्माणका कार्यहरु सञ्चालन गर्न ।

७. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रोटोकल अनुसार अनलाइन कक्षा सञ्चालन गर्न ।

८. क्वारेन्टाइनरआइशोलेसनमा बस्नेहरुको लागि खाना खुवाउने क्याटरितरहोटल सञ्चालन गर्न ।

९. एयरपोर्ट देखि क्वारेन्टाइन वा आइसोलेसन वा होटेलसम्म जाने यातायात सञ्चालन गर्न ।

१०. अत्यावश्यक कार्यको लागि उपत्यका भित्रिने व्यक्तिहरुको पिसिआर रिपोर्ट अनिवार्य नेगेटिभ भएको हुनु पर्नेछ ।

११. स्वाव परिक्षण गराउने व्यक्तिहरु रिपोर्ट नआउन्जेल सम्म अनिवार्य रुपमा होम क्वारेन्टिनमा बस्नु पर्नेछ। कन्ट्याक्ट ट्रेसिंगमा परेका व्यक्तिहरू समेत स्वाब परीक्षण गराउने व्यक्तिहरुको रिपोर्ट नआउन्जेलसम्म अनिवार्य रूपमा होम क्वारेन्टिनमा बस्नु पर्नेछ । होम क्वारेन्टिनमा बसे नबसेको निगरानी सम्बन्धित स्थानीय तहको वडा कार्यालयले गर्नुपर्नेछ । यस व्यवस्थाको उलङघन हुनेगरी जथाभावी हिंडडुल गर्नेहरू उपर संकामक रोग ऐन, २०२० बमोजिम कारवाही हुनेछ ।

१२, अत्यावश्यक सेवासँग सम्बन्धित उद्योग, कलकारखाना सञ्चालन गर्न सकिनेछ । उद्योग कलकारखानामा काम गर्ने कर्मचारीरकामदारहरू खानरबस्नको लागि परिसर भित्र सम्बन्धित उद्योग कलकारखानाले नै है क्यारेन्टिनको व्यवस्था गर्नु पर्नेछ । उद्योग कलकारखाना सञ्चालन गर्दा अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नु गराउनु ।