कोरोनाबाट नेपालमा थप १२ जनाको मृत्यु

413
views

काठमाडौं, १७, भदौ । नेपालमा थप १ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै मृत्यु हुनेको संख्या २५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप १ हजार १२० जनाको देशका विभिन्न प्रयोगशालामा परिक्षण गरिएकोमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै काठमाडौं उपत्यकामा ३८८ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३५०, भक्तपुरमा ९ र ललितपुरमा २९ जना संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको मन्त्रालयले बताएको छ । त्यसैगरी नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।