ट्राफिक प्रहरीलाई कुटपिट गर्ने नौजना पक्राउ

804
views

काठमाडौं, १९, भदौ । झडपपछि मोटरसाइकल लिएर आइरहेका एक ट्राफिक प्रहरी कमल घिमिरेलाई प्रदर्शनकारीले निर्घात कुटपिट गरेका छन् । गम्भीर घाइते घिमिरेको अल्का अस्पतालमा उपचार भइरहेको छ । झडपमा परी सात प्रहरी घाइते भएका छन् । उपचारपछि उनीहरू घर फर्किसकेको प्रहरीको भनाइ छ ।

मोटरसाइकलमा आइरहेका ट्राफिक प्रहरी कमल घिमिरेलाई प्रदर्शनकारीले मूल सडकमै कुटपिट गरेका थिए । आक्रोशित प्रदर्शनकारीले उनको मोटरसाइकलसमेत तोडफोड गरेका थिए । कुटपिटमा संलग्नहरूको सिसिटिभी फुटेज संकलन गरी अध्ययन भइरहेको छ ।

कुटपिटमा संलग्न नौजनालाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको छ । गाःबहालको प्रहरी बिट तोडफोड भएको छ । त्यस्तै, पानी फोहोरा फ्याँक्ने वाटर क्यानन र एउटा मोटरसाइकलमा पनि क्षति पुगेको छ ।