ढुङ्गेसांघु जात्राको संरक्षण माग गर्दै पोखरामा प्रदर्शन

601
views

पोखरा, २०, भदौ । हिन्दु परिषद् नेपाल कास्कीले ढुङ्गेसांघुको जात्रा संरक्षण गर्न भन्दै हिन्दु राष्ट्रको माग सहित शनिबार पोखराको चिप्लेढुङ्गामा प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा बोल्दै हिन्दु परिषद् नेपाल कास्की जिल्ला इन्चार्ज दीपक आचार्यले शान्ति सुरक्षाको माग सहित ढुङ्गेसांघु जात्रा संरक्षण नगरे कडा आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।

कास्कीको सबै भन्दा पुरानो जात्रामा सरकारले ध्यान नदिएको भन्दै उहाँले आक्रोश ब्यक्त गर्नुभयो । कोरोनाको समय भएकोले पनि अहिले चेतावनी स्वरुप सामान्य प्रदर्शन मात्र गरिएको उहाँको भनाई छ ।

यस बिषयप्रति सम्बन्धित निकायले चासो नदिएको खण्डमा सबै हिन्दुहरुलाई आन्दोलनमा आउन अनुरोध गर्दै त्यस आन्दोलनको नेतृत्व हिन्दु परिषद् नेपालले गर्ने समेत उहाँले बताउनुभयो ।

ढुङ्गेसांघु जात्रा संरक्षणमा सम्पूर्ण ॐ कार परिवार एकजुट हुन आब्हन गर्दै हिन्दु धर्मको संरक्षण गर्न र सनातन धर्म नमास्न पनि प्रदर्शनमा अनुरोध गरिएको थियो ।

साथै शनिबार (आज) को प्रदर्शनमा ढुङ्गेसाघु जात्राको संरक्षण सहित ओमकार परिवार एक होऔं, हिन्दू माथिको दमन बन्द गर, सनातन धर्म मास्न पाईदैन, निरंजन राम, बिजय राम,मिन्त्री देवी बैठाका हत्यारालाई कारवाही गर, उपत्यका र गरुडा आन्दोलनमा हाम्रो एक्येवद्धता, दोषीलाई कारवाही गर, शान्ति सुरक्षाको ग्यारेन्टी गर, धर्म निरपेक्षताको आडमा गुंडागर्र्दी बन्द गर, हाम्रो राष्ट्र हामीलाई प्राण भन्दा प्यारो छ, रातो मछिन्द्रनाथ रथ यात्रा हाम्रो संस्कृति र गौरव हो लगायतका नारा लगाइएको थियो ।