देजमोद्वारा बाग्लुङ ढोरपाटन घटनाप्रति दु:ख व्यक्त

904
views

पोखरा । बाग्लुङ्ग जिल्लाढोरपाटन नगरपालिका–साविकको बोबाङ्गगा.वि.स. वडा नंं. ९ देउराली डाँडामा यही भाद्र १७ गते आएको पहिरो तथा भुजीखोलामा आएको भिषण बाढीका कारण भएको जनधनको क्षतीप्रति दुख व्यक्त गरेको छ ।

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ४ नंं. प्रदेशले एक वक्तव्य जारी गर्दै उक्त बाढी पहिरोमा परी ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रदाञ्जली अर्पणगर्दै शोकाकुल परिवार तथा आफन्तजनहरुमा समवेदना प्रकट गरेको छ ।

जारी वक्तव्यमा भनिएको छ ‘प्राकृतिक विपत्ति, बाढी पहिरोका कारण बेपत्ताहरुको खोजी गर्न, घाइतेहरुको उपचार गर्न, ज्यान गुमाउने तथा बेपत्ताहरुको परिवारलाई राहत उपलव्ध गराउन, जोखिममा परेका घरपरिवारहरुलाई यथाशिघ्र उचित स्थानमा स्थानान्तरण गर्नका लागी समेत नेपाल सरकार, ४ नं गण्डकी) प्रदेश सरकार तथा ढोरपाटन नगरपालिकालाई अनुरोध समेत गरेको छ ।

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ४ नं प्रदेशका अध्यक्ष नेत्र रानाभाटद्वारा हस्ताक्षरीत वक्तव्इमा विपत्तिमा परेका पीडितहरुको परिवारलाई गुमाउनेहरुप्रति सहानुभुती र समवेदना प्रकट गर्दै घाइतेहरुको उद्धार र पीडितहरुको राहत संकलनमा जुट्न संगठनका स्थानिय पार्टी कमिटीहरुलाई समेत निर्देशन दिइएको छ ।