मुख छोपेर आएको समुहले दाङमा निर्वाचन सामग्री लुट्यो

637
views

मुख छोपेर आएका ४/५ जनाको समुहले दाङमा निर्वाचन सामग्री लुटेका छन् । शान्तिनगर गाउँपालिका–३ को भलानेटीबाट निर्वाचन सामग्री लुटिएको निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन शिक्षा दिन हिडेका दुई मतदाता शिक्षा स्वयम् सेवक संग रहेको निर्वाचन सामग्री मुख छोपेर आएको समूहले लुटेर लगेको जानकारी आएको जिल्ला निर्वाचन कार्यालय दाङका प्रमुख विजय कार्कीले जानकारी दिनुभयो । स्वयंसेवक विपना खडका केसी र गीता भण्डारीको साथबाट मतदाता नामावली, विर्नाचनमा प्रयोग हुने विभिन्न चेतनामुलक सामाग्री, आचारसंहिता, नमुना मतपत्र तथा अन्य सामग्री राखिएको झोला लगायत लुटिएको जानकारी दिनुभयो । जिल्लाले शुक्रवार नै मतदाता शिक्षा सकिएको सूचना गरेको थियो । विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीको गाउँपालिकामा सामान्य प्रभाव भएकाले उनीहरुकै कार्यकर्ता लुटपाटमा संलग्न भएको प्हरीले आशंका गरेको छ ।