धार्मिक स्थल, गढि र जिरो ड्याम प्रवेश निषेध

633
views

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ४ स्थित जिरो ड्याममा प्रवेश निषेध गरि पुर्ण रुपमा बन्द गरिने भएको छ।

दिनानुदिन कोरोना संक्रमण बढ्दै गएपछि र विरेन्द्रनगरका धार्मिक तथा पर्यटकिय स्थलहरुमा मानिसहरुको आवतजावत बढेपछि जोखिम कम गर्नका लागि भिडभाड हुने धार्मिक पर्यटकीय स्थलहरु जिरो ड्याम,गढि पदमार्ग लगायतमा प्रवेश निषेध गरि पुर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो।

वीरेन्द्रनगरमा आइतबार मात्रै ३२ जनामा कोरोना पुष्टि भएको थियो ति मध्य वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ४ का १६ जना रहेका थिए।

हिजो बसेको नगरपालिकाको स्थानीय कोरोना तथा नियन्त्रण समन्वय समितीको बैठकले नगरभित्र क्षेत्रका भिडभाड हुने धार्मिक पर्यटकीय स्थलहरु जिरो ड्याम,गढि पदमार्ग लगायतमा ब्यक्तिहरुको प्रवेश निषेध गरि पुर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो।

बैठकले नगरक्षेत्र भित्र बसोबास गर्ने कुनैपनि ब्यक्तिलाइ कोरोना भाइरस सङ्ग सम्बन्धित लक्षण देखिएमा परामर्श तथा परिक्षणका लागि स्वास्थ शाखा मा सम्पर्क गर्न सकिने निर्णय पनि गरेको छ।

त्यस्तै एस अघिको निर्णय बमोजिम प्रत्यक टोलटोलमा निगरानी समुह गठन गर्ने,बढि भिडभाड हुने कार्यालय तथा स्थलहरुमा संयुक्त अनुगमन टोलि खटिने र माइकिङ तथा प्रचारप्रसार गर्ने निर्णय पनि आजको बैठकले गरेको थियो। कोरोना संक्रमित ब्यक्ति रहेको ठाउँमा आवश्यकता अनुसार शिल गरि मानिसको आवतजावत बन्द गर्ने निर्णय बैठकले गरेको थियो।

बैठकमा सुर्खेतका प्रमुख जिल्ला अधिकारी,कर्णाली प्रदेश अस्पतालका प्रमुख,जिल्ला प्रहरि प्रमुख,उद्योग बार्णिज्य संघ सुर्खेतका अध्यक्षको उपस्थिति थियो।