पर्वत सदरमुकाममै करदाता सेवा कार्यालय स्थापना

831
views

पर्वत, २३, भदौ । आन्तरिक राजश्व कार्यालयले सेवा कार्यालयले सोमबार देखि पर्वतको कुस्मामा करदाता सेवा कार्यालय स्थापना गरेको छ । निजामति सेवा दिवसको अवसमा कार्यालयले सेवा प्रारम्भ गरेको हो । यसअघि सो सेवा बागलुङ्गबाट दिदै आइएको थियो ।

सरकारले २४ जिल्लामा करदाता सेवा कार्यालय स्थापना गर्ने लक्ष्य अनुसार पर्वतमा पनि कार्यालय स्थापना गरिएको प्रमुख कर अधिकृत हेमराज सुबेदीले बताए ।

कार्यालय स्थापनापछि करचुक्ता प्रयोजन तथा ब्यवसायलाई मूल्य अभिबृद्धि कर तथा स्थायी लेखा नम्बर लिनका लागि बागलुङ जानुपर्ने बाध्यता हटेको छ । जिल्लमा झण्डै ७ हजार भन्दा बढि करदाताहरु रहेका छन ।

कार्यालयको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले पहिलो सेवाग्राहीलाई पान नम्बर दिएर सेवा शुभारम्भ गरेका थिए ।

आन्तरिक राजश्व कार्यायलले करदाता सेवा कार्यालय कुश्मामा स्थापना गरेपछि पर्वतका ब्यवसायीहरुलाई ठूलो राहत मिलेको पर्वत उद्योग बाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्माले बताए ।

कोष तथा लेखा नियन्त्रण कार्यालय पर्वतका प्रमुख नवराज सापकोटाले आन्तरिक राजस्व कार्यालयले लिने अन्त शुल्कको काम कोलेनिकाबाट हुँँदै आएकोमा पर्वतमा नै सेवा कार्यालय खुलेपछि आफ्नो कार्यालयको कार्यबोझ समेत घटेको बताए ।