बुलबुले तालको पहिलो चरणको काम सम्पन्न

814
views

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालको पहिलो चरणको काम सम्पन्न भएको छ ।

बुलबुलेको गुरुयोजना कार्यान्वय अन्र्तगत २०७६/७७ बाट सुरु भएको बुलबुले तालको क्षेत्रफल फराकिलो बनाउने काम सम्पन्न भएको हो ।

पहिलो चरणमा बुलबुले ताललाई फराकिलो बनाउने काम सम्पन्न भएको छ । ११ हजार वर्ग मिटर रहेको ताल अहिले २८ हजार वर्ग मिटर बनाइएको वन तथा वातावरण निर्देशनालय सुर्खेतका प्रदेश वन निर्देशक शिवराम अधिकारीले बताए । उनले भने‘ताल वरीपरी २० वटा सोलार बत्ती राख्ने काम पनि सम्पन्न भएको छ ।

यस्तै, माछा मार्नका लागि फिसिङ डाइक निमार्ण र बोडिङ डाइक पनि निमार्ण गरिएको छ । निर्देशक अधिकारीले लकडाउनका कारण केही काम गर्नका लागि समस्या भएपनि तोकिएको समयमा काम सम्पन्न भएको बताए । पहिलो चरणको काम सक्न १ करोड ८६ लाख रुपैया खर्च भएको छ ।

वन निर्देशनालयले दोस्रो चरणको कामका लागि टेण्डर आह्वान भइसकेको जनाएको छ । इत्राम खोला किनार कटान हुँदै आएकाले नियन्त्रण गर्नका लागि दोहोरो लाइनका लागि टेण्डर आह्वान गरिएको उनको भनाई छ ।

टेण्डर आह्वान भइसकेको र काम पनि छिट्टै सुरु हुने निर्देशनालयले जनाएको छ । बुलबुले ताल वरीपरी फुथपातको व्यवस्था गर्न बाँकी रहेको उनको भनाई छ । बुलबुले पर्यकीय स्थल भएकाले २ वटा सेल्फी पोइन्ट बनाउने योजना रहेको निर्देशक अधिकारीले जानकारी दिए ।

निर्देशक अधिकारीका अनुसार इत्राम खोला ९ सय मिटर बुलबुले क्षेत्रभित्र पर्ने भएकाले ५ सय ५० मिटर कटानका लागि टेण्डर आह्वान भइसकेको र बाँकी कामका लागि मन्त्रालयलाई पत्र पठाई सकिएको छ ।

तत्कालिन सुर्खेत नगर उपत्यका समितिका अध्यक्ष नारायण कोइरालले गुरूयोजना बनाएर ताल विस्तारको प्रक्रिया थालेका थिए । उनको कार्यकाल नसकिदै वीरेन्द्रनगर नगरपालिका मातहत समित आएपछि काम ओझेलमा परेको थियो । उनले थालेको पहलअनुसार नै लामो समयपछि निर्देशनालयले निर्माणलाइ तिव्रता दिएको हो ।