सिन्धुपाल्चोक पहिरो : ७ जनाको शव भेटियो, २४ बेपत्ता, उद्वारमा सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी

759
views

सिन्धुपाल्चोक, २८, भदौ । बाह्रविसे नगरपालिका–७ को पहिरोमा परि वेपत्ता भएका सातजनाको शब फेला परेको छ । सो पहिरोमा परि भक्तिमाया श्रेष्ठ, जुनु बिक, शुकलाल बिक, सन्देश बिक, सर्किनी नेवार, धनलाल नेवार र ट्याक्सी शेर्पाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

आज बिहान करिब पौने चार बजे आएको पहिरोले नागपुजे र भीरखर्कका १८ घर बगाउँदा २४ जना बेपत्ता भएका छन् ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी टोली घटनास्थल पुगेर उद्धार र खोजी कार्य जारी रहेको छ। पहिरो प्रभावित क्षेत्रमा सभामुख अग्नि सापकोटासहितको टोली आजै बिहान स्थलमार्गबाट पुगेका छन्।