भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

1032
views

काठमाडौं, ३ असोज । मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहेका कारण देशभर सामान्य बदली हुने मौसम प्रर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिनभर देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश, बाग्मती प्रदेश र प्रदेश नं ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै, शनिबार राती देशभर सामान्यतया बदली रही केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेकोले नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।