गुडिरहेको बसमाथि पहिरो खस्दा एकजनाको मृत्यु

362
views

नवलपरासी । नवलपुरको दाउन्‍नेमा भिरबाट बस खस्दा एकजनाको मृत्यु भएको छ ।

गुडिरहेको बसमाथि पहिरो खस्दा दुर्घटना भएको हो । दुर्घटनमा अन्य ६ जना घाइते भएका छन् ।

जिल्लाको विनयी त्रिवेणी गाउँपालिका २, दाउन्नेस्थित विश्वकर्मा मन्दिरनजिक सडक माथिबाट खसेको पहिरोको कारण बस भिरबाट खस्दा बसमा सवार रुकुम(पश्चिम आठबीसकोट गाउँपालिका १० बस्ने २५ वर्षीय हरिषचन्द्र केसीको मृत्यु भएको हो ।

बस भिरबाट खस्दा सख्त घाइते भएका केसीको गए राति उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए ।

बिहीबार साँझ पूर्वबाट पश्चिमतर्फ गइरहेको ना।५ख ७९४० नम्बरको बस माथिबाट खसेको पहिरोका कारण सडकबाट करिब ३० फिट तल खसेको थियो ।

घाइते सबैको पुरानो मेडिकल कलेज भरपुरमा उपचार भइरहेको छ । बसमा १८ जना सवार थिए ।