अमेरिकी राष्ट्रपतिलाई कोरोना संक्रमण

487
views

वासिङटन,१६, असोज । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राष्ट्रपति ट्रम्पले आफूलाई कोरोना संक्रमण भएको ट्वीटरमार्फत् शुक्रबार बिहान जानकारी दिएका हुन् ।

आफ्ना सल्लाहकार होप हिक्समा कोरोना पुष्टि भएपछि राष्ट्रपति ट्रम्पले बिहीबार बेलुकी कोरोना परीक्षण गराएका थिए ।

‘आज राति मेलेनिया र मलाई कोभिड–१९ पोजेटिभ भएको छ’, राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘तुरुन्तै हामी क्वारेन्टिन तथा उपचार प्रक्रियामा जान्छौँ ।’