विश्वको १० प्रतिशत जनसंख्या कोरोना संक्रमित

724
views

एजेन्सी, १९, असोज । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वको १० प्रतिशत जनसंख्यालाई कोरोना भाइरसको संक्रमण भइसकेको आँकलन गरेको छ ।

डब्लुएचओको आकस्मिक निकायका प्रमुखले यस्तो आँकलन गरेका हुन् । डब्लुएचओको ३४ सदस्यीय कार्यकारी बोर्डको बैठकमा डा. माइकल रेनले यस्तो आँकलन गरेको समाचार एजेन्सी एपीले जनाएको छ ।

उनले गाउँ र शहरमा गरी प्रत्येक १० जनामध्ये एकजना संक्रमित भइसकेको आँकलन गरेका हुन् ।

डब्लुएचओको आँकलन अनुसार विश्वको हालको ७ अर्ब ६० करोड जनसंख्यामध्ये ७६ करोडलाई कोरोना संक्रमण भइसकेको हुनुपर्छ । तर, अहिलेसम्म खुलेको तथ्यांक अनुसार विश्वमा ३ करोड ५४ लाख संक्रमित पत्ता लागेका छन् ।