आईपीएलः चेन्नाईद्धारा पन्जाव १० विकेटले पराजित

427
views

काठमाडौं । सनराईजर्स हैदरावादलाई ३४ रनले हराउँदै साविक विजेता मुम्बई इण्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटमो शिर्ष स्थानमा उक्लिएको छ । सारजाहमा हिजो भएको खेलमा मुम्बईले सनराइजर्स हैदराबादलाई ३४ रनले पराजित ग¥यो ।

खेलमा मुम्बईले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७४ रन मात्र बनाउन सक्यो । जितसँगै मुम्बईले ५ खेलबाट ६ अंक जोडेको छ । ४ खेलबाट ६ अंक जोडेको दिल्ली क्यापिटल्स तालिकाको दोस्रो स्थानमा छ ।

आईपिएलअन्तर्गत हिजोको दोस्रो खेलमा चेन्नाई सुपर किङ्सले किङ्स इलेभेन पन्जावलाई १० विकेटले हराएको छ ।

दुबईमा भएको खेलमा टस जितेर पहिले व्याटिङ गरेको पन्जावले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७८ रन बनायो ।

जवाफमा १ सय ७९ रनको लक्ष्य चेन्नाईले १७ ओभर ४ बलमा विनाकुनै विकेटको क्षतीमा पुरा ग¥यो ।

उसका लागि फाफ डु प्लेसीसले अविजित ८७ रन तथा शेन वाट्सनले अविजित ८३ रन जोडे । जितसँगै महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नाईलाई केही राहत मिलेको छ ।

जारी सिजनको ५ खेलमा चेन्नाईको यो दोस्रो जित हो । पराजित टोली पन्जाव भने ५ खेलबाट २ अंक जोड्दै तालिकाको पुछारमा झरेको छ । आईपिएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंग्लोर र दिल्ली क्यापिटल्स भिड्नेछन् । एजेन्सी