वेपत्ता प्रहरी जवान साउदको शव भेटियो

408
views

धनगढी, ४, कार्तिक । प्रहरी सहायक निरीक्षक गोबिन्द विकसँगै वेपत्ता भएका प्रहरी जवान राम बहादुरको शव फेला परेको छ । कैलालीको जुगेडा अस्थायी प्रहरी चौकीमा कार्यरत साउदको मोहना शव नदीमै फेला परेको छ । शनिबार राती तस्करहरुले प्रहरी सहायक निरीक्षक गोविन्द विकको हत्या गरेको र जवान साउद बेपत्ता अवस्थामा थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेकाको प्रारम्भिक बयानका आधारमा जवान साउदको शव फेला परेको हो । उनको शव प्रहरी सहायक निरीक्षक विकको शव पाएको स्थानभन्दा उत्तरतिर मोहना नदीकै बीचमा बालुवामुनि पुरिएको अवस्थामा फेला परेको हो ।

विक र साउदलाई तस्करहरुको समुहले हत्या गरेका हुन । प्रहरीले तस्करीमा संलग्न र हत्यामा संलग्नको पहिचान गरिसकेको छ । ’केही पक्राउ परेका छन, केही अहिले पनि फरार छन ।

घटना विवरण बारेमा प्रहरीको आधिकारिक भनाई भने बाहिर आएको छैन । घटना भएको दिनदेखि प्रहरीले १३ जनालाई अनुसन्धानका लागि पक्राउ गरेको छ ।