प्रधानमन्त्री ओली र भारतीय गुप्तचर संस्था (रअ) का प्रमुखबीच भेट भएको पुष्टि

583
views

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेट भएको पुष्टि भएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहका सूर्य थापाले विज्ञप्ति नै निकालेर प्रधानमन्त्री ओली र रअका प्रमुख गोयलबीच भेट भएको जानकारी गराउनुभएको हो । उहाँहरुबीच बुधबार राति नै प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको हो ।

भेटका क्रममा रअका प्रमुख गोयलले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याको वार्तामार्फत समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राख्नुभएको थियो । भेटका क्रममा अरु के–के विषयमा छलफल भयो भन्नेबारे भने खुलाइएको छैन ।https://www.facebook.com/Prime-Ministers-Press-Advisor-105043977668882/?ref=nf&hc_ref=ARRK8VvpW2Z5F0jEXlw58Yn6Qwl1wM5XYaNYSvtuL21DG2pwjywZ_-BZHO7e-qHgfRk

रअ प्रमुख गोयल बुधबार दिउँसो विशेष विमानमार्फत काठमाण्डौ ओर्लिनुभएको थियो । उहाँ बिहीबार बिहान भारत फर्किनुभएको हो ।