विश्वभर ४ करोड ५३ लाख बढी कोरोना संक्रमित

530
views

काठमाडौं, १४, कात्तिक । महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरसबाट साढे चार करोड प्रभावित बनेका छन् । विश्वभर ४ करोड ५३ लाख १९ हजार संक्रमित बनेका छन् ।

संक्रमितमध्ये ११ लाख ८६ हजारको मृत्यु भएको छ । ३ करोड २९ लाख संक्रमणमुक्त भएका छन् ।

अमेरिकामा सबैभन्दा बढी ९२ लाख संक्रमित संख्या नाघेको छ । जसमध्ये २ लाख ३४ हजारको मृत्यु भएको छ ।

भारतमा ८० लाख संक्रमितमध्ये एक लाख २१ हजारको मृत्यु भएको छ । ब्राजिलमा ५४ लाख संक्रमितमध्ये एक लाख ५९ हजारको मृत्यु भएको छ ।

नेपालमा एक लाख ६४ हजार ७ सय १८ संक्रमित संख्या पुगेको छ । जसमध्ये ९ सय ४ को मृत्यु भएको छ । एक लाख २४ हजार ८ सय ६२ लाई निको भएको छ ।