कांग्रेसका ६ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि

345
views

काठमाडौं । नेपाली कांग्रेसका थप ६ जना केन्द्रीय सदस्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

केन्द्रीय सदस्यहरू दिलेन्द्र बडू, सुरेन्द्रराज पाण्डे, सुजाता परियार, किरण यादव, मोहम्मद नसिर सिद्दिकी र आमन्त्रित केन्द्रीय सदस्य कृष्ण किशोर घिमिरेलाई कोरोना संक्रमण देखिएको हो।

उनीहरूलाई कोरोना संक्रमण पुष्टि भएको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुष्टि गरेका छन्। पौडेलले आफ्नो फेसबुकमा लेखेर उनीहरू सबैको स्वास्थ्य लाभको कामना पनि गरेका छन्।

यसअघि कांग्रेसका केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगन कुमार थापालगायत सात जनालाई कोरोना संक्रमण पुष्टि भएपछि केन्द्रीय समितिको बैठक नै स्थगित भएको थियो। अहिले उनीहरुको कोरोना रिपोर्ट नेगेटिभ आइसकेको छ।

त्यस्तै कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्मा पनि अस्पतालमा उपचाररत छन्। उनको कोरोना भाइरसको संक्रमण नरहे पनि फोक्सोको निमोनियाका कारण उनी अस्पतालमै छन्।