बस काउन्टरमा कार्यरत कर्मचारीे मृत अवस्थामा फेला

602
views

सुर्खेत । कालिकोटको जिते बसपार्क अन्तर्गत मध्यपश्चिम यातायातको बस काउन्टरमा कार्यरत एक कर्मचारीको मृत अवस्थामा शव भेटिएको छ ।

कालिकोटको खाडाचक्र नगरपालिका वडा नं २ घर भएका ३२ वर्षिय कृष्ण बहादुर खड्का मृत अवस्थामा भेटिएको छन्।

बिहान करिब ९ बजे तिर नरहरिनाथ गाउँपालिका अन्तर्गत लालिघाट बजार नजिकको भिरबाट करिब ३५ मिनेट तल शब भेटिएपछि एक स्थानियले प्रहरिलाई खबर गरे उक्त सुचना दिएका थिए ।

उक्त्त खबर बित्तिकै प्रहरी निरीक्षक भुपेन्द्र शाहीको नेतृत्वमा प्रहरी टोलि घटना स्थलमा पुगेको थियो ।

टोलीले शवको मुचुल्का उठाई अनुसन्धान गर्न पोष्टमार्टमको लागि जिल्ला अस्पताल मान्म लगिएको र थप अनुसन्धान भइरहे निरीक्षक शाहीले जानकारी दिएका दिए ।