विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा–शाक्य

1126
views

काठमाडौं, २४, कार्तिक । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरिएइको छ ।

उनलाई बरिष्ठताका आधारमा प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा ऊर्जा मन्त्रालयले नियुक्त गरेको हो । उनले सोमबार नै पदबहाली गरेका छन् ।

शाक्य प्रसारणलाइनका जानकार मानिन्छन् । उनी २०७३ अघि अमेरिकी सहयोग कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तरगत तयारी चरणको परियोजनामा पनि खटिएका थिए ।