विप्लव नेकपाका नाममा चन्दा उठाउने पक्राउ

480
views

काठमाडौं, २६, कार्तिक । प्रतिबन्धित नेकपा माओवादी (विप्लव) पार्टीको नाम लिएर चन्दा माग्ने गिरोह पक्राउमा परेको छ ।

विप्लव समूहको नाम लिएर एजुकेसनल कन्सल्टेन्सी व्यवसायीसँग ३ करोड रुपैयाँ चन्दा मागेको अभियोगमा महानगरीय अपराध महाशाखाको टोलीले चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका–२ का विन्तोष सिलवाल (सुनार), रामेछाप सुनापति गाउँपालिका–३ का रामदल श्रेष्ठ, काभ्रे तिमाल गाउँपालिका ५ का तीर्थमान तामाङ र चितवन भरतपुर–१३ का नन्दुराज आचार्य छन् ।

उनीहरूलाई सोमबार साँझ काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको महाशाखाले जनाएको छ । महाशाखा प्रमुख एसएसपी दीपक थापाले पक्राउ परेकाहरूले विप्लव माओवादीमा रहेर काम गरेको स्वीकार गरेको जनाएका छन् ।