महोतरीको जलेश्वरमा राजावादीको प्रदर्शन

1270
views

महोत्तरी, २३, मंसिर । महोत्तरीको जलेश्वरमा पनि राजसंस्थाको माग गर्दै प्रदर्शन गरिएको छ । नागरिक समाजको आह्वानमा प्रर्दशन गरिएको हो ।

प्रर्दशनकारीले राष्ट्र निर्माता पृथ्वीनारायण शाह, पूर्व राजा ज्ञानेन्द्र शाहको तस्बिरसमेत बोकेका थिए ।

उनीहरुले संघीयता र धर्म निरपेक्षता खारेजी गर, राजा आऊ देश बचाऊ भन्दै राजतन्त्र स्थापनाको माग गरेका छन् ।

नगरपालिका चोकबाट शुरु भएको प्रदर्शन जलेश्वर नगरपालिकाको विभिन्न भागको परिक्रमा गरी महादेव मंदिरमा पुगेर कोणसभामा परिणत भएको थियो ।