अपहरण गरी शिक्षकको गोली हानी हत्या

560
views

विराटनगर, २३, मंसिर । मोरङमा अज्ञात समुहले एकजना शिक्षकको गाली हानी हत्या गरेको छ ।

मिक्लाजुङ गाउँपालिका १ बर्खेका शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या गरेका हुन् । ५४ वर्षीय श्रेष्ठको हत्या गर्नेको पहिचान खुलेको छैन् ।

प्रहरीले हत्यामा नेत्रविक्रम चन्द विप्लव समूहको संलग्नता रहेको आशंका गरेको छ ।

शिक्षक श्रेष्ठलाई बिहान सवा ६ बजेतिर चार पाँचजनाको संख्यामा आएको एक समूहले अपहरण गरी बर्खे जंगलमा लगेर हत्या गरेको प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए । शिक्षक श्रेष्ठको टाउकोमा गोली लागेको छ ।