बाँदर नियन्त्रण गर्न १४ लाख बिनियोजन

692
views

पर्वत, २४, मंसिर । बाँदरले हैरानी गरेपछि पर्वतको पैंयु गाउँपालिकाले बाँदर नियन्त्रण गर्न १४ लाख रुपैयिाँ विनियोजन गरेको छ ।

किसानहरुले बाँदरका कारण बालीनाली जोगाउन समस्या भएको व्यापक गुनासो गरेपछि गाउँपालिकाले बाँदर नियन्त्रण गर्ने कार्यक्रम सञ्चालन गरेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले बाँदरको बासस्थान बिथोलेर बाँदर आतंक कम गर्ने योजना रहेको बताए ।

बाँदर नियन्त्रण कार्यक्रम सञ्चालन गर्न गाउँसभाले रु.१४ लाख रुपैयाँ बजेट बिनियोजन गर्ने निणर्य गरेको पौडेलले जानकारी दिए ।