विप्लव समुहको गतिविधिपछि सुरक्षा समितिको बैठक

520
views

काठमाडौँ, २४, मंसिर । प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समूहले गरेको मोरङको मिक्लाजुङस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या र राजावादीहरुको सडक संघर्षपछि केन्द्रीय सुरक्षा समितिको आज बैठक बसेको छ ।

गृह मन्त्रालयमा सुरु बैठकको अध्यक्षता गृह मन्त्री रामबहादुर थापाले गथरेका छन् जहाँ सुरक्षा प्रमुखहरुसहितको बैठक बसेको हो ।

गृह स्रोतका अनुसार चन्द समूहका आपराधिक गतिविधि नियन्त्रण गर्न र राजावादीहरुको गतिविधिबारे बैठकमा समिक्षा गरिंदै छ ।

बैठकमा प्रहरी महानिरीक्षक शैलश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलगायत उच्च सुरक्षा अधिकारीहरु सहभागी छन् ।