विवेकशील नेपाली दल र साझा पार्टीबीच पार्टी एकता

485
views

काठमाडौं, २४, मंसिर । विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता भएको छ । एकतापछि दुवै पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ रहने भएको छ ।

पार्टी एकता घोषणा कार्यक्रम जुम र फेसबुक लाइभमार्फत् गरिएको छ । नवगठित विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेसँगको छलफलसमेत राखिएको छ ।

विवेकशील साझा पार्टीको केन्द्रीय समितिमा दुवै पक्षबाट ६५/६५ जना सदस्यहरू रहने गरी कूल १३० जना केन्द्रीय सदस्य रहेका छन् ।

एकीकृत पार्टीको केन्द्रीय समितिको पहिलो बैठकले दुवै पक्षबाट बराबरीको संख्या (१३/१३ जना) मा सदस्यहरू रहने केन्द्रीय सचिवालय गठन गर्नेछ ।

एकीकृत पार्टीको लोगो र चुनाव चिन्ह ‘तराजु’ हुनेछ ।