निरीक्षण भ्रमणमा प्रधानसेनापति

478
views

काठमाडौं, २५, मंसिर । प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा निरीक्षण भ्रमणमा रहेका छन् । पाँचथरमा तैनाथ भैरवीदल गण, ताप्लेजुङ्गमा तैनाथ भिमकाली गुल्म, संखुवासभामा तैनाथ नयाँ रणभीम गुल्म र ईटहरीमा तैनाथ पूर्वी पृतना हे.क्वा. को निरीक्षण भ्रमण गरेका हुन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त गण, गुल्म र पृतना हे.क्वा. को स्थलगत निरिक्षण, बस्तुस्थिति, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गरेका ाछन् ।

थापाले सैनिक अस्पताल, ईटहरी लगायत संखुवासभा, भोजपुर र ओखलढुङ्गामा तैनाथ युनिटहरुको समेत निरीक्षण गर्ने कार्यक्रम रहेको रक्षा मन्त्रालय जनसम्र्पक तथा सुचना निर्देशनालयले जनाएको छ ।