पोखरा–मुस्ताङ सडकमा एआइआइबीले लगानी गर्ने तत्परता देखायो

639
views

पर्वत÷पोखरा–मुस्ताङ सडकको स्तरोन्नति गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)ले लगानी गर्ने तत्परता देखाएको छ । प्रदेश नं ४ लाई उत्तरी छिमेकी चीनको स्वशासित क्षेत्र तिब्बतस“ग जोड्ने कोरला नाकासम्म सडक पु¥याउन पोखरा–पर्वत–बेनी–मुस्ताङ सडक निर्माण गर्न एआइआइबीले लगानी गर्ने प्रतिबद्धता जनाएको हो । दक्षिण कोरियामा सम्पन्न बैंकको बोर्ड अफ गभर्नर्सको दोस्रो बैठकमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एआइआइबीका अध्यक्ष जिन लिक्युनस“ग राखेको प्रस्तावमा लिक्युनले प्रतिबद्धता जनाएको बैठकमा सहभागी अर्थका अधिकारीले जानकारी दिए । लिक्युनले सो सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पेस गर्न भनेका थिए । सो सडक निर्माण गर्न करिब २० अर्ब रुपैया“ लाग्ने अनुमान गरिएको छ । मुस्ताङ–पोखरा सडक स्तरोन्नति गर्न पटक–पटक गरेको आग्रहको सम्बोधन हुने आस जागेको नेपाली का“ग्रेसका केन्द्रीय सदस्य एवं व्यवस्थापिका संसद सदस्य अर्जुनप्रसाद जोशीले जानाकारी दिनुभयो । ‘यो सडक निर्माणमा पहल गर्न संसदमा पनि मैले कुरा उठाएको थिए“ ।’–जोशीले भन्नुभयो ‘अहिले एसियाली पूर्वाधार लगानी बैंकले अर्थमन्त्रीस“ग लगानी गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।’ सो सडक प्रदेश नं ४ को आर्थिक मेरुदण्ड रहेको सांसद जोशीको दावी छ । ‘हाम्रो आग्रहलाई अर्थ मन्त्रालयले स्वीकार गरेर प्रस्ताव लगेको थियो,’ जोशीले भन्नुभयो । उहा“ले एआइआइबी डिपिआर मागेको खबरले आफू निकै उत्साहित भएको वताउनु भयो ।
सो सडकको कोरलादेखि जोमसोमसम्म करिब एक सय किलोमिटर र जोमसोमदेखि म्याग्दीको बेनीसम्म ७६ किलोमिटरमात्र ट्र्याक खोलेको छ । बेनी–पोखरा सडक कालोपत्रे भए पनि स्तरोन्नति र विस्तार गर्नुपर्नेछ । सरकारले कोरला नाका खोल्न पहल गरिरहेको अवस्थामा सीमा क्षेत्रसम्म सडक पु¥याउन संसदको विकास समितिले पनि यसअघि सरकारलाई निर्देशन दिएको थियो । ‘कोरला नाका सञ्चालनमा ल्याउन पहिलो प्राथमिकता सडक निर्माण हो,’ संसदीय समितिका सदस्य एवं सांसद प्रकाश शर्मा पौडेलले भन्नुभयो । ‘सो सडकको स्तरोन्नति गर्न विकास समितिले प्रधानमन्त्री र संसदमा समेत प्रतिवेदन पेस गरेको थियो ।’ सो सडकमा म्याग्दीको रुप्से खोलामा र मुस्ताङ जिल्लाभित्र कालीगण्डकी नदी माथि जोमसोम तथा छुसाङको चैलेमा तीन वटा मोटरेबल पुल निर्माणाधीन अवस्थामा छन् । बेनी–जोमसोम सडक नेपाली सेनाले करिब ५६ करोड रुपैया“ खर्चेर ट्र्याक खोलेको थियो । सो सडक खण्डको गलेश्वर, बेगखोला, तिप्लाङ, पोखरे बगर, लेते, बोक्से खोलामा करिब १२ करोडको लागतमा मोटर गुड्ने पुल निर्माण भए पनि ठाउ“ठाउ“मा सडक निकै सा“घुरो छ । जोमसोमबाट उपल्लो मुस्ताङ हु“दै कोराला नाका पुग्न जोमसोम, छुसाङ रसमरमा तीन स्थानमा सवारी फेरेर जानुपर्ने अवस्था छ । सरकारले राष्ट्रिय गौरवको आयोजना भन्दै चीन र भारत जोड्न कोरालादेखि जोमसोम–बेनी–बागलुङ–गुल्मी–पाल्पा हु“दै भारत जोड्ने कालीगण्डकी करिडोर निर्माण अघि बढाएको भए पनि त्यसले पनि पूर्णता पाउन सकेको छैन ।
जीर्ण अवस्थामा रहेको बागलुङ–पोखरा सडक खण्डको बागलुङ नगरपालिका क्षेत्र र पर्वत शिवालयमा केही ठाउ“मा स्तरोन्नति भए पनि पूर्णता पाउन सकेको थिएन । सा“घुरो र जीर्ण भएको कारण दुर्घटनाको जोखिम बढेको थियो । ७३ किलोमिटर लामो बागलुङ–पोखरा सडकमा ठाउ“ठाउ“मा खाल्डाखुल्डी परेका छन् । बागलुङ बजारको रामरेखा घुम्ती, पर्वतको पाङ सहस्रधारा, शिवालय, चुवा, पातिचौर, कास्कीको नया“ पुल, लुम्ले, का“डे लगायत दर्जनौं ठाउ“मा समस्या देखिएका छन् । डाइभर्सनमा ग्राभेल गरी पिच गर्नुपर्ने, सा“गुरो ठाउ“मा चक्लाउनुपर्ने, रिटेनिङ वाल निर्माण, खाल्डाखुल्डी पुरेर स्तरोन्नति गर्नुपर्ने छ । बाग्लुङ–पोखरा सडक धौलागिरी अञ्चलका चार जिल्ला प्रवेश गर्ने एकमात्र राजमार्ग हो । अर्थमन्त्री कार्कीले पोखरा–मुस्ताङ सडकसहित टोखा–छहरे सुरुङ मार्ग निर्माणमा सघाउन पनि आग्रह गरेका थिए । चार किलोमिटर लामो सो सुरुङ मार्गमा करिब २५ अर्ब रुपैया“ लाग्ने अनुमान छ । यी दुई परियोजनामा लगानी गर्न लिक्युनले प्रतिबद्धता जनाएको बैठकमा सहभागी अर्थ मन्त्रालयका अधिकारीले बताए । सडक, सुरुङमार्गस“गै सहरी पूर्वाधार विकास कार्यक्रम र विद्युत वितरण प्रणाली सुधार कार्यक्रमका लागि सहयोग गर्न गरेको आग्रहमा एआइआइबीले तत्परता देखाएको छ ।