आर्दश माविमा बधाईको माहोल तातेपछि….

576
views

नवदृष्टि संवाददाता
पर्वत, ९, असार । बधाई कार्यक्रमको आयोजना गरेको आदर्श अङ्ेग्रजी आवासीय माध्यमिक विद्यालयमा मञ्च पछाडीबाट अनौठो तरीकाले तालिको गडगडाहटको आवाज आयो । मञ्चमा बसेका अतिथीहरुको ध्यान मञ्च पछाडी गयो । विद्यार्थीहरुको ताली र उमङ्लेग सबैको ध्यान मोड्यो । २०७३ सालको परीक्षामा सहभागी विद्यार्थीको उत्कृष्टताले उक्त विद्यालय परिवार हर्षित बनेको थियो नै त्यसैमा पनि विद्यार्थीको खुसीका तालिले कार्यक्रम शोभायमान बनाएकाे थियो । विद्यार्थीहरुलाई बधाई तथा आगामी शैक्षिक सफलताको शुभकामना प्रदान गर्दै एस. इ.इ. परीक्षामा ३.९० जि.पि.ए. प्राप्त गर्ने कविता शर्मा, सोनिसा थापा र विकास कुमार शा, ३.८० जि.पि.ए. प्राप्त गर्ने निरुता पौडेल, किरण दर्जी, सुष्मा रेग्मी र हनि शर्मा, मार्टिना भण्डारी, मुकेश चापागाई ३.७५ जि.पि.ए., सुस्मिता रेग्मी, निरन्जन तुलाचन र सुस्मिता पुन ३.७० जि.पि.ए., प्रकृति खत्री जि.पि.ए. ३.६५ तथा अन्य A+, A, / B+ ग्रेड प्राप्त गर्ने विद्यार्थीलाई गरिएको सम्मान र शुभकामनाले सबै दर्शकहरु आर्दश माविप्रति आभार व्यक्त गरिरहेका थिए ।
विद्यालमा एस. इ.इ. परीक्षा २०७४ मा सहभागी हुने विद्यार्थी करिना के.सि. र आसिस सापकोटाले विद्यालयको विगतको इतिहासलाई कायम राख्दै यस वर्ष पनि जि.पि.ए. ३.९० प्राप्त गरी मिलेको सफलताप्रति सहभागी विद्यार्थी, अभिभावक र उपस्थितहरु खुसीमा खुसी साटासाट गरेका थिए । सो अवसरमा वद्यालयको इतिहासमा उच्च जि.पि.ए. ४.०० ल्याएर आफ्नो तथा विद्यालयमा नयाँ रेकर्ड बनाउन सफल हुने कुरामा विद्यार्थी, विदयालय परिवार एवं अभिभावकहरु उत्सुक देखिएका थिए । उक्त अवसरमा २०७३ सालको एस.इ.इ. परीक्षामा ३.९० जि.पि.ए. सहित उतकृष्ठता हासिल गर्ने विद्यार्थी विकासकुमार शा ले नतिजाको मुल्याँकन गर्दै थप मेहनतका साथ अगाडी बढ्ने बताए ।
कार्यक्रममा विद्यालका प्रिन्सिपल हिम ब. पौडेल क्षेत्रीले यसपालीको परीक्षामा विद्यार्थीले जि.पि.ए. ४.०० ल्याउने कुरामा आसावादी रहेको भएपनि विविध कारणवस सामाजिक शिक्षामा वि प्लस ग्रेड आएर आफ्नो त्यो आसामा तुषारापात भएको कुरा बताए । क्षेत्रीले विद्यालयको इतिहासमा नेपालीमा जिपिए ४ अर्थात ९० भन्दा माथी ल्याउने कविता शर्मा र शोनिषा थाप प्रति विशेष आभार प्रकट गरे । ३.८० जि.पि.ए. प्राप्त विद्याथीका अभिभावक तथा पर्वत उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष केदारनाथ शर्माले विद्यालयको परिश्रमले उत्कृठ नतिजा ल्याउन सफल भएको बताए । प्यावसनका पूर्व केन्द्रिय सदस्य एवं प्याब्सन पर्वतका पूर्व अध्यक्ष तथा पर्वत गुरुकुल एकेडेमीका प्रिन्सिपल केशवराज पुरी, जिल्ला शिक्षा कार्यालय पर्वतका विद्यालय निरीक्षक झलक आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशमान श्रेष्ठ, विद्यालयका एकेडेमिक तथा इसिए इन्चार्ज कमल थापा लगायतले बधाई ज्ञापन गर्दै उत्तिर्ण विद्यार्थीको सफलताको कामना व्यक्त गरेका थिए ।