संसद विघटनबारे नेकपा नेता परामर्शमा

679
views

काठमाडौं, ६, पुस । प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले कानून व्यवसायीहरुसँग परामर्श थालेका छन् ।

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले संसद विघटनबारे बुझ्न शीर्ष नेताहरु कानुन व्यवसायीसँग परामर्शमा जुटेका हुन् ।

सोमबार संविधानविद् तथा कानुन व्यवसायीसँग छलफल गरेको प्रचण्डको सचिवालयले जनाएको छ । सोमबार बिहान ओलीले आफू निकट सांसदहरुलाई बालुवाटार बोलाएर पछिल्ला निर्णयबारे जानकारी गराएका छन् । छलफलका क्रममा प्रधानमन्त्री ओलीले बाध्य भएर संसद विघटन गरेको बताएका छन् ।