ओलीविरुद्धको रणनीति तयमा काँग्रेस

542
views

काठमाडौं, ७, पुस । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सानेपास्थित पार्टी कार्यालयमा बसिरहेको छ ।

बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने कांग्रेसले जनाएको छ । बैठकमा पार्टी महाधिवेसनको तयारी सम्बन्धमा पनि छलफल हुने जनाएको छ ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न बसेको बैठकले प्रधानमन्त्री ओलीविरुद्ध रणनीति तयार पार्ने बैठकमा सहभागी कांग्रेसका एक नेताले बताए ।
यसअघि कांग्रेसले सोमबार नेकपाको प्रचण्ड(नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा) सँग छलफल गरेको थियो ।

सोही अनुसार कांग्रेस र प्रचण्ड–नेपाल समूह र जसपाले आ–आफ्नो केन्द्रीय समिति बैठक सुरु गरेका हुन् ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि विपक्षी दलहरु रणनीति बनाउन अहिले आन्तरिक छलफलमा जुटिरहेका छन् ।