नेकपाको अध्यक्षमा नेपाल, ओलीलाई कार्वाही

614
views

काठमाडौं, ७, पुस । पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल नेतृत्वको समूहले नेकपाको अध्यक्षबाट केपी शर्मा ओलीलाई कार्वाही गरी माधवकुमार नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव गरेको छ ।

बबरमहलस्थित कार्की ब्यांक्वेटमा मंगलबार दिउँसो वहुमत केन्द्रीय सदस्यहरुसहित बसेको बैठकले ओलीलाई निश्कासन गर्ने निर्णयसँगै अध्यक्ष पदमा माधव नेपाललाई बनाउने निर्णय गरेको हो ।

४४७ केन्द्रीय कमिटीका ३१० केन्द्रीय सदस्यहरुले बबरमहल बैठकमा हस्ताक्षर गरेका छन् । बैठकलाई प्रचण्ड,नेपाल, झलनाथ खनालगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

यता केपी ओली नेतृत्वको समूहको भने आइतबार बिहान नै बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बसेर ५५६ जना नयाँ सदस्य मनोनयन गर्दै केन्द्रीय कमिटि विस्तार गरेको छ । १९६ पद खाली राखेर ११९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाइएको छ ।