प्रदेश १ सरकारले हिउँदे अधिवेशन माघ ७ मा बोलाउने निर्णय

348
views

काठमाडौं । प्रदेश १ सरकारले हिउँदे अधिवेशन बोलाउने निर्णय गरेको छ । आज विहान बसेको मन्त्रिपरिषद बैठकले माघ ७ गते प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गरेको प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जनाकारी दिए ।

मुख्यमन्त्री शेरधन राईले हिजो अर्थमत्री इन्द्र आङ्बोलाई पदमुक्त गरेका थिए । यसैबीच सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटनमन्त्री विजयकुमार विश्वासले राजीनामा दिएका छन् ।

आजको मन्त्रिपरिषद बैठकमा उनीहरु तीनजना सहभागी भएका थिएनन् । उनीहरु प्रचण्ड–माधव नेपाल पक्षका हुन् । घिमिरेले संसदीय दलको निर्वाचनमा भने राईलाई साथ दिएका थिए ।