संसद् विघटनविरुद्ध जसपाको विरोध प्रर्दशन

1277
views

काठमाडौ, १२, पुस । प्रतिनिधि सभा विघटनविरुद्ध जनता समाजवादी पार्टी नेपाल (जसपा) ले आइतवार काठमाडौंमा प्रदर्शन गरेको छ ।

पूर्व प्रधानमन्त्री एवं जसपा अध्यक्ष. बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका शिर्षनेता सहभागी रहेको जसपाले कालो ब्यानरसहित रत्नपार्कबाट विरोध जुलुस निकालेको हो ।

र्यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष यादव र नेता भट्टराईले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद बिघटन गरेर असवंधानिक, अलोकतान्त्रीक र प्रतिगमनकारी कार्य गरेको आरोप लगाए ।

प्रतिनिधि सभा विघटनलाई प्रतिगमन भन्दै जसपाले संसद् पुनःस्थापना गर्नुपर्ने माग राखेको छ । विघटन विरुद्ध जसपाले केहीदिनदेखि देशभर प्रदर्शन गर्दै आएको छ ।